नायिका पुजा शर्माको आइक्यू–‘नेपालमा ‘७२’ वटा प्रदेश र १४ वटा जिल्ला छन्’

काठमाडौं । कलाकारितामा लागेकालाई राजनीति र सामाजिक क्षेत्रको खासै मतलब हुँदैन भन्छन् तर, मुलुकको परिस्थिति, भौगोलिक अवस्था समेत थाहा नहुनु चै अचम्मै हो ।

कुरा हो नायिका पुजा शर्माको । आफुलाई प्रतिभावान नायिकाको रुपमा चिनाउने पुजा शर्मालाई नेपालको भौगोलिक अवस्था तथा राजनीतिका सामान्य ज्ञान समेत थाहा नभएको पाइएको छ । प्राइम टाइम टेलिभिजनमा प्रकाश सुवेदीको ‘रजतपट अंकल’मा कुराकानी गर्ने क्रममा पुजालाई सोधिएका सामान्य प्रश्नहरुको उत्तर समेत दिन सकिनन् ।

पूर्वसञ्चारकर्मी समेत रहेकी पुजालाई कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले बहालवाला तीन जना नेताहरु र देशको भौगोलिक अवस्थाका बारेमा आउट अफ ट्रयाक सोधेका थिए । नायिका पुजाले एउटै मिलाउन सकिनन् ।

 ‘अहिलेको अर्थमन्त्री को हुनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले ‘थाहा छैन’ भनिन् । त्यसपछि प्रकाश सुवेदीले सोधे ‘सञ्चारमन्त्री चैं को हुनुहुन्छ ?’ पुजाले जवाफ दिइन् ‘निकिता पौडेल जस्तो लाग्यो ।’ एकछिन हाँसो चल्यो, त्यसपछि भनिन् ‘सरी सरी उहाँ चलचित्र विकास बोर्डमा हुनुहुन्थ्यो ।’ त्यसपछि बर्तमान सरकारका अर्थमन्त्री र सञ्चारमन्त्री पूर्व गर्भनर डा. युवराज खतिवडा रहेको कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले जवाफ दिए ।

नायिका पुजालाई युवराज खतिवडा अगाडीको सञ्चारमन्त्री थियो भन्दा उनले थाहा छैन भनिन्, प्रकाश सुवेदीले ठूलो काण्ड भएको थियो नी ? भनेर क्लू दिएपछि पुजाले भनिन् ‘ए त्यो फोन वाला !’ पुजालाई पूर्वसञ्चारमन्त्री गोकूल बास्कोटाको समेत नाम थाहा रहेनछ । उनले क्लू पाएपछि भनिन्–‘ए त्यो फोन वाला !’

त्यसपछि प्रकाश सुवेदीले ३ जना बहालवाला मन्त्रीहरुको नाम पुजालाई भन्न आग्रह गरे । तर, नायिका पुजाले एकै जना वहालवाला मन्त्रीको नाम लिन सकिनन् । उनले वहालवाला मन्त्रीहरु भनेर बाबुराम भट्टराई, प्रचण्डको नाम लिइन् । अचम्मको कुरा त त्यतिबेला भयो जतिबेला पुजालाई प्रकाशले नेपालमा कतिवटा प्रदेश छन् भनेर सोधे, पुजाले जवाफ दिइन् ‘७२’ । नेपालमा कति जिल्ला छन् भन्दा ‘१४’ भनेर जवाफ दिइन् ।

पुजाले आफुलाई राजनीतिको बारेमा केही थाहा नभएको त बताइन् तर त्यसको दोष फेरी नेताहरुलाई नै थोपरिन् । ‘उहाँहरुले हाम्रा लागि केही गर्दिएको भएपो हामीले पनि चिन्नु ।’ उनले नेताहरुले कलाकारका लागि एउटा स्टुडियो समेत नबनाइदिएको भन्दै नेपाली फिल्म उद्याेग नै नबनेको तर्क गरीन् ।

पुजालाई एयरपोर्टमा भिआइपीको बाटो चाहियो

नायिका पुजा शर्माले आफुहरु भिआइपीको क्योटोगोरीमा पर्ने बताउँदै एयरपोर्टमा भिआइपीको बाटो दिनुपर्ने बताएकी छिन् । ‘एटलिस्ट हामीपनि भिआइपीमा जाने लेवलको त छौं होला नी । तर, हामीलाई कोही पनि हैनौ जस्तो ट्रिट गरीन्छ ।’ उनलाई एयरपोर्टमा सुरक्षाकर्मीले आइडी कार्ड मागेको पनि चित्त बुझेको रहेनछ । ‘जाने वित्तिकै हामीलाई तपाई आइडेन्टी कार्ड देखाउनुस भनेर पेल्नुहुन्छ ।’ लाइनमा बस्दा पनि पुलिसहरुले चेक गर्दा होच्याउने गरेको उनको भनाई छ । ‘लुगाहरु चेक गर्दापनि जहाँ पायो त्यही गर्नुहुन्छ ।’

कलाकारहरु जहाँ पायो त्यही देखिँदा लाजमर्दो भएको भन्दै फरक ब्यवहार र सुविधा हुनुपर्ने औल्याइन् । भने कलाकारहरुले आफैंले खर्च गरेर देशको लागि काम गरेको दावि पनि गरेकी छिन् ।

पुजाले नायिकाहरु चलचित्र खेलेर मात्र बाँच्न नसक्ने बताएकी छिन् । ‘म चलचित्र मात्र खेलेर जिवन धान्न सक्दिन ।’ उनले नायिकाहरुमात्र हैन नायकहरुलाई पनि चलचित्र खेलेर मात्रै बाच्न गाह्रो भएको बताएकी छिन् । उनले आफुले एउटा चलचित्र खेल्दा २५ लाखसम्म लिने गरेको जिकिर गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *