थप एक काेराेना संक्रमितकाे मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

ललितपुरको स्टार अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । रौतहटका वर्षीय ३० वर्षीय पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो । मृत्युपछि पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो।

अहिले संक्रमितको उपचारमा संलग्न एक जना चिकित्सक, दुई जना स्टाफ नर्स, एक जना सहयोगीलाई क्वारेन्टिनमा राखिएको छ भने बिरामीका चार जना आफन्तलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *