नेपाल प्रवेश गर्यो सलहको अर्को ठुलो झुण्ड !

काठमाडौँ । भारतबाट शनिबार सानो झुण्डमा मात्रै आएको सलह किराको अर्को ठुलो झुण्ड आज नेपाल प्रवेश गरेको पाइएको छ । हिजो साँझ भारतबाट ठूलो झुण्ड कपिलवस्तु छिरेको पाइएको हो ।

कपिलवस्तुको मौसम खराब भएको कारणले तिनीहरु त्यति उडेको नदेखिएको बताइएको छ । लाखौंको संख्यामा सलह प्रवेश गरेकाे पाइएकाे छ । कपिलवस्तुका बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा लाखौंको संख्यामा सलह देखिएको हो । कपिलवस्तुमा देखिएको यो झुन्ड नेपालमा देखिएको अहिलेसम्मकै ठूलो हो ।

पिपलको बोटमा बसेको छ, त्यसैबाट केही टुक्रा अरु ठाउँ पनि उडेर गएको अनुमान पनि गरिएको छ । त्यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको जानकारी दिइएको छ ।

सलह कपिलवस्तु, पाल्पा, मकवानपुर, कास्की, लमजुङ लगायतका विभिन्न जिल्लामा प्रवेश गरिसकेको छ । उपत्यकामा समेत देखिन थालेको छ । ललितपुरमा हिजो भेटिएको थियो । सबैतिर नियन्त्रणका प्रयासहरू थालिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *