कोरोना संक्रमणबाट राैतहटका थप एक जनाको मृत्युः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । आज (सोमबार) को प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले थप एकजना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता डा. गाैतमका अनुसार रौतहटका ३० वर्षीय पुरुषको मृत्यु भएको हो । असार १३ गते श्वासप्रश्वासमा कठिनाइ भएपछि उपचारका लागि स्टार अस्पताल सानेपामा आएका थिए । उनलाई आइसीयूमा भर्ना गरिएको थियो । सोही दिन कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

सोही दिन राति उनको मृत्यु भएको हो । कोरोना पुष्टि भएको रिपोर्ट भने असार १४ आएको प्रवक्ता गौतमले जानकारी दिए । उनीमा फोक्सोको समस्या थियो । उनको शव व्यवस्थापन पनि भइसकेको प्रवक्ता गाैतमले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *