यान्त्रिकरणसँगै चक्लाबन्दी खेती गर्नुपर्छ– मन्त्री लामा

चितवन । बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले चक्लावन्दी खेती संगै यान्त्रिकरणको प्रयोग विना कृषिको विकास हुन नसक्ने बताएका छन् ।

चितवनको माडीमा १७ औं धान दिवसको अवसरमा सोमबार आयोजना गरिएको कार्यक्रममा कृषि मन्त्री लामाले खेती गर्दा चक्लावन्दीको विकल्प नरहेको बताएका हुन् । उत्पादन लागत घटाई प्रतिफल कमाउन चक्लावन्दी खेती गर्नुपर्ने उनको भनाइ छ ।

माडीमा गत वर्षदेखि चक्लाबन्दी खेती सुरु भएको थियो । सोही जमिनमा कृषि मन्त्री लामाले मेसिनको प्रयोग मार्फत् धान रोपेर दिवसको उद्घाटन गरेका थिए । जिल्ला समन्वय समिती प्रमुख कृष्णकुमार डल्लाकोटीले माडीमा भएको कामले उत्साह जगाएको भन्दै चक्लाबन्दी खेती नमूना बन्ने बताए ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले लागत घटाउन यन्त्रिकिकरणको प्रयोग गर्दै सामुहिक खेतीमा प्रवेश गरेको बताए । बागमती प्रदेश सरकारको सहयोगमा माडी नगरपालिका ८ कान्तिपुरमा रहेको सूर्याेदय सहकारी संस्थाले किसानको जग्गा एकिकरण गरी चक्लाबन्दी खेती सुरु गरेको छ ।

९६ जना कृषकको १०० विगाह जमिनमा चक्लाबन्दी गरिएको छ । यसबर्ष १५ विगाह क्षेत्रफलमा धान रोप्ने योजना रहेको सहकारीका प्रवन्धक शिवजी गाएकले जानकारी दिए । मेसिनको प्रयोगबाट धान खेतीमा किसानको ५० प्रतिशतसम्म लागत घट्ने विज्ञहरु बताउँछन् ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्की,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख मेघनाथ तिमल्सेना, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल लगायतको उपस्थिति रहेको थियो ।

याे पनिः भिडियाे

राष्ट्रिय धान दिवसः हिलो छ्याप्दै असारे भाका गाउँदै रोपाईंमा रमेका चितवन राप्ती-९ का किसानहरु 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *