छोटो स्टेम सहितको ओपो टीडब्ल्यूएस ईयरफोन्स, ईन इयर डिजाइनको चीनमा प्याटेन्ट दर्ता

काठमाडों । गतमार्च महिनामा ओपोले नेपालमा आफ्नो पहिलो टीडब्ल्यूएस ईयरफोन, एन्को फ्रि सार्वजनिक गरेको छ । गतबर्षको डिसेम्बर महिनामापहिलो पटक यो उत्पादन सार्वजनिक गरिएको थियो । यस लगतै कम्पनीले लगातार हियरेबल्स मार्केटको बजार हिस्सा हातपार्ने सोचका साथथप ईयरबड्सपनि सार्वजनिक गरिसकेको छ । यही क्रममा ओपो–ब्राण्डेड टु«लि वायरलेस ईयरबड्स चाइनिज प्याटेन्ट अफिस (सीएनआईपीए)सँग प्याटेन्ट गरिएको छ ।

प्याटेन्ट गरिएको ईयरबड्समा ईन–इयर डिजाइनका साथै यहीमहिनाको सुरुवातमा चीनमा सार्वजनिक गरिएको एन्को डब्ल्यु ५१ टीडब्ल्यूएस ईयरफोन्समा झैँ स्टेमको प्रयोग गरिएको छ । यी दुई उत्पादनमा रहेका प्रमुख भिन्नताको कुरा गर्नुपर्दा प्रमाणित यस मोडलमा एन्को डब्ल्यू ५१ को तुलनामा छोटा स्टेमको प्रयोग गरिएको छ । ईयरबड्को पछिल्तिरको भागमा हल्का घुमाउरो डिजाइन प्रदान गरिएको छ । साथै यसमा, गोलाकारमा सुनौलो रिङ र सम्भवतः न्वाइज क्यान्सिलेसनका लागि एउटा कट–आउट डिजाइन पनि अपनाइएको छ ।

प्रमाणीकरण सुचीमा ईयरबड्स सम्बन्धी विस्तृत विवरण दिइएको छैन । तथापि, यसमा एक्टिभ न्वाइजक्यान्सिलेसन तथा डिप बास लगायतफिचर्सहरु उपलब्ध हुने अनुमान गरिएको छ । छोटो स्टिमलाई दृष्टिगत गर्दै यसमा रहेको माइक्रो फोन पनि निकै संवेदनशील हुने अनुमान लगाउन सकिन्छ । साथै, ब्ल्यूटूथ ५.०, आईपी वाटर रेसिस्टेन्स रेटिङ र सम्भावित टिकाउ ब्याट्री लगायत साधारण फिचर्स यसमा हुने निश्चित प्रायः छ ।

साथै, डिजाइनमा चार्जिङ केस मार्फत ईयरबड्स चार्ज गर्नका लागि यसमा रहेका छोटा स्टेममा एकजोडी पोगो पिन्सको ब्यवस्था समेत हुने अनुमान सहजै लगाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *