बलिउड अभिनेता गोविन्दासँग छ यति धेरै सम्पत्ति
मकालु खबर
२०७७ असार १५ गते
काठमाडौं । चर्चित बलिउड अभिनेता गोविन्दा अहुजा कलाका मात्र नभइ धनसम्पत्तिका पनि धनी छन् । सन् २०२० मा गोबिन्दाको कूल सम्पत्ति २० मिलियन डलर अर्थात् २ अर्ब ४१ करोड रुपैयाँ आँकलन गरिएको एक भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।
उक्त मिडियाका अनुसार गोबिन्दाले ब्रान्ड एन्डोर्समेन्ट (विज्ञापन) मार्फत् अत्यधिक कमाई गर्छन् । सन् १९८६ मा ‘इल्जाम’ बाट चलचित्र क्षेत्रमा पाइला टेकेका गोविन्दाको सन् २०२० मा कूल सम्पत्ति २ अर्ब बढी छ ।
गोबिन्दाले आफ्नो करियरमा १ सय ६५ भन्दा बढि फिल्ममा काम गरेका छन् । फिल्म शोला और शबनम, राजा बाबू, कुली नम्बर वान, हिरो नम्बर वान, दिवाना मस्ताना, दुल्हे राजा, बडे मियां–छोटे मियां, अनाडी नम्बर वान, हसिना मान जाएगी, साजन चले ससुराल र जोडी नम्बर वान लगायतका चलचित्र चर्चित छन् ।
मकालु खबर
२०७७ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित