नागरिकता विधेयक खारेजीको माग राख्दै विराटनगरमा प्रदर्शन

विराटनगर । नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारसँग माग राख्दै विरोध प्रदर्शन गरिएको छ ।

नागरिकता विधेयकविरुद्ध जनमत पार्टीले सरकारले ल्याएको नागरिकता संशोधन विधेयक राष्ट्रघाती रहेको भन्दै तत्काल खारेज गर्न माग राख्दै सोमबार विराटनगरमा विरोध प्रदर्शन गरेकाे हो ।

सरकारले एकपछि अर्को राष्ट्रघाती कदम चालेकाले त्यस्तालाई रोक्न विरोध प्रर्दशनमा उत्रनु परेको जनमत पार्टीका मोरङ जिल्ला ईन्चार्ज बुद्धि माझिले बताए । उनले भने, ‘सरकारको राष्ट्रियघाती कदमले आदिवासी, मधेसी, थारु, मुस्लिम समुदाय भोलिका दिनमा भुटानी शरणार्थीको जस्तो अवस्था आउने छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *