बङ्गलादेशका रक्षा सचिवको कोरोनाका कारण मृत्यु

ढाका । बङ्गलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ । उनको कोरोनाकै कारण स्थानीय समय अनुसार विहान ९ः३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् ।

बङ्गलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जानकारी दिए । उनलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

यही जुन ६ मा उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो । अवस्थामा सुधार नआएपछि उनलाई यही जुन १८ मा अति सघन कक्षमा राखेर उपचार गराइएको मिर्जाले बताए ।

बङ्गलादेशमा अहिलेसम्म एक लाख ३७ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने एक हजार ७३८ जनाको मृत्यु भएको छ । एएनआई

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *