गण्डकी प्रदेशमा बिहानै थपिए १७ संक्रमित, २१४ ले जिते कोरोना !

काठमाडौं । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १७ जनाका कोरोना देखिएको हो ।

नयाँ संक्रमितमा कास्कीका ८ जना तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका एक जना छन् । १७ जना थपिएसँगै गण्डकी प्रदेशमा संक्रमतिको संख्या ९६६ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २१४ रहेको छ ।

हेर्नुहोस् पूरा विवरण :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *