कोरोना कहर : लाखौँ सिरियालीहरू भोकमरीको सङ्घारमा

दमास्कस । रोनाको कारण आवागमनमा लगाइएका प्रतिबन्धका कारण सहयोगको भरमा बाँचिरहेका लाखौँ सिरियालीहरू अहिले भोकभोकै बस्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

सिरियाका विभिन्न स्थानमा शरणार्थी शिविरमा रहेका उनीहरूको अवस्थाबारे नर्वेको शरणार्थी काउन्सिल, अक्सफाम लगायतका अन्य संघसंस्थाले हस्ताक्षर गरेको विज्ञप्तिमा यस्तो चेतावनी दिइएको हो ।

“लगभग एक दशकको युद्ध र विस्थापनको सामना गरिसकेका सिरियालीले अहिले अकल्पनीय भोकमरीको सामना गरिरहेका छन्, लाखौं मानिस कोभिड–१९ को महामारीका कारण भोकै पर्ने स्थिति आएको छ । सिरियामा करिब ४२ प्रतिशत नागरिक खाद्य असुरक्षाबीच बाँच्नु परेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ भने कोरोनाका कारण सिरियामा सहयोगको अपेक्षामा रहेका नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

“कोभिड-१९ का प्रतिबन्धहरू, सिरियन पाउण्डमा आएको गिरावट र लाखौं मानिस विस्थापित भएको कारण ठूलो सङ्ख्यामा सिरियाली नागरिकहरू पेटभरी खाना खान पाइरहेका छैनन्,” विज्ञप्तिमा भनिएको छ । रकम र मानवीय पहुँचमा वृद्धि नगरेसम्म यस क्षेत्रका शरणार्थीहरुसहित धेरै सिरियालीहरु भोकमरीको नजिक पुगेका छन्  ।

सिरियामा नौ बर्षको युद्धका कारण उनीहरूलाई निराशा र विनाशको घुमाउरो मैदानमा परेका छन् जुन हरेक बर्ष बिगिरहेको छ। “यसकारण पहिलेभन्दा बढी अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको छ । “८० प्रतिशत सिरियाली दिनहुँ १.२५ अमेरिकी डलरभन्दा कम रकमका भरमा बाँच्दछन् तर केही हप्तादेखि यहाँ पाउरोटीको मूल्य दोब्बर बढेको छ,’ रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सोमबार भनेको छ ।

रेडक्रसका अनुसार अहिले करिब ५० प्रतिशत सिरियालीहरूसँग दिनहुँ खानको लागि पर्याप्त मात्रा छैन । सिरियाली युद्ध नौ बर्ष भन्दा बढि तानिएको छ । सिरियामा यो अवधिमा तीन लाख ८० हजारभन्दा बढी मानिस मारिएका र दुई करोड सिरियाली आन्तरिक वा बाह्य रूपमा विस्थापित बनेका छन् । यो सिरियामा द्वन्द्व सुरू हुनुपूर्वको झण्डै आधा जनसङ्ख्या हो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *