के नेपाल टेलिकमले पाेस्टपेडमा जथाभावी पैसा काटछ ?

काठमाडाैं । धेरै जनाकाे गुनासाे सुनिन्छ, नेपाल टेलिकमकाे पाेस्टपेडकाे बिलिङमा जथाभावी पैसा काट्छ । तर, तपाइ हामीले पाेस्टपेड माेवाइलकाे सेवा सुविधा र त्यसकाे न्यूनतम शुल्कका बारेमा थाहा नभएरपनि समस्या भएकाे हुन सक्छ । नेपाल टेलिकमकाे पाेस्टपेड माेवाइल प्रयाेगकर्ताले दुइचार वटा जानकारी लिए पाेस्टपेड माेवाइलका बारेमा धेरै जानकारी पाउन सक्छन् ।

पोष्टपेड ग्राहकले थाहा पाउनुपर्ने केही बेसिक कुरा 

१. पोष्टपेडमा कल गरेपनि नगरेपनि हरेक महिना सामान्यतयाः रु. ३८३.०७ रेन्टल चार्ज लाग्दछ। CUG सेवा लिएका वा अन्य बिशेष अफर लिएका ग्राहकको हकमा रेन्टल रकम फरक हुन सक्दछ।

२. ग्राहकले तिर्नुपर्ने रेन्टल चार्ज बापत Pay as you go basis मा कल, SMS, DATA चलाउन पाईन्छ, रेन्टल बाट पोष्टपेड प्याक किन्न पाईन्छ तर अरु प्याकेज किन्दा रेन्टल बाहेक थप चार्ज लाग्छ।

३. हरेक अंग्रेजी महिनाको १५ तारिखको राती पोष्टपेडको बिल तयार गरिन्छ। बिल तयार गर्दा ग्राहकले महिनाभर गरेको कल चार्जमा रेन्टल चार्ज जोडिन्छ भने रेन्टल बापत पाउने डिस्काउन्ट घटाईन्छ। यसरी बन्न आउने बिल रकम ग्राहकको ब्यालेन्समा एडजस्टमेन्ट गरिन्छ।

४. मासिक रेन्टल बापत प्राप्त हुने डिसकाउन्ट रकम पुरै उपयोग गर्ने पोष्टपेड ग्राहकको हकमा बिल बन्नु अघिको DUE बराबर नै मासिक बिल आउने भएकोले बिल बन्नु अघि र बिल बनिसकेपछिको ब्यालेन्स बराबर हुन्छ तर मासिक रेन्टल बापत प्राप्त हुने डिसकाउन्ट रकम पुरै उपयोग नगर्ने पोष्टपेड ग्राहकको हकमा रेन्टल चार्जको कारण बिल बन्नु अघिको DUE भन्दा बिल रकम धेरै हुने भएकोले बिल बन्नुअघिको ब्यालेन्स भन्दा बिल बनिसकेपछिको ब्यालेन्स कम हुन्छ।

यदि ग्राहकसँग बाँकी रहेको ब्यालेन्स भन्दा धेरै रकमको बिल आएमा बिल तयार भैसकेपछि ग्राहकको ब्यालेन्स नेगेटिभ पनि हुन सक्दछ। यस्तो अबस्थामा मोवाइलको आउटगोइङ सेवा तुरुन्तै बन्द हुन्छ।

५. आउटगोइङ सेवा बन्द भएको पोष्टपेड नम्बरमा ब्यालेन्स नेगेटिभ हुनेहुँदा यस्तो नम्वरमा रिचार्ज गर्दा नेगेटिभ ब्यालेन्स कट्टी गरी बाँकी रकम मात्र ब्यालेन्समा देखिन्छ।

६. आउटगोइङ सेवा बन्द भएको मोवाइलमा पहिल्यै किनेको कुनै प्याक बाँकी रहेछ भने पनि त्यो प्याक चलाउन सकिंदैन। रिचार्ज गरेर नम्वर एक्टिभ भैसकेपछि भने पहिले नै किनेर बाँकी रहेको प्याक पुनः चलाउन सकिन्छ।

तसर्थ पोष्टपेड नम्वर लिने ग्राहकले आफूले तिर्नुपर्ने रेन्टल बापतको सबै रकम उपयोग भएको छ छैन ध्यान दिनु उपयुक्त हुन्छ। पोष्टपेड ग्राहकले प्याकेज किन्दा पोष्टपेड प्याक नै किन्नु फाईदाजनक हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *