लकडाउनकै बीच विद्यार्थी भर्ना र शुल्क लिएकोप्रति राप्रविसंको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं)ले लकडाउनकै बीचमा विद्यार्थी भर्ना लिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै राप्रविसंले विद्यार्थी भर्ना र शुल्क लिएकोप्रति ध्यानामकर्षण भएको जनाएको हो ।

‘पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको हिमालय कजेल अफ एग्रिकल्चर एण्ड साइन्स (हिकास्ट) अध्ययन हुने स्नातकोत्तर तहमा विद्यार्थी भर्ना लिएकोप्रति ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ- ‘सरकारको निर्देशन विद्यार्थी संगठनको आग्रह र अभिभावकको भावना विपरित विद्यार्थी भर्ना र शुल्क नअशुल्न आग्रह गर्दछौं ।’

साथै लकडाउन अवधिभर लिएको शुल्क फिर्ता गर्न र लकडाउन अवधिमा कुनै पनि शुल्क नलिन राप्रविसंले माग समेत गरेको छ । मागप्रति वेवास्था गरे संघर्षमा उत्रिने चेतावनी समेत राप्रविसंको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *