स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री पुगे शितल निवास

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज (मंगलबार) पनि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठक बस्नुअघि आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओली बिहान शितल निवास पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

असार १० गते सुरू भएको बैठकमा आफ्ना भनाइ राखेका उनी अर्को बैठकमा सहभागी नै भएनन् भने १३ गते भएको बैठकमा केहीबेर बसेर निस्किएका थिए । यसअघिकाे बैठकमा ओली अनुपस्थित भएपछि आजको बैठकमा पनि असन्तुष्ट सदस्यहरु उनीविरुद्ध खनिने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *