भारतमा काेराेनाकाे उकालाे ग्राफः एकैदिनमा ४१८ मृत्यु, संक्रमित कति पुगे ?
मकालु खबर
२०७७ असार १६ गते
काठमाडौं । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि यस घातक रोगबाट ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ८९३ पुगेका स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ।
भारतमा दैनिक हजारौको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ६६ हजार ८४० पुगेको पनि सो मन्त्रालयले जनाइएको छ । गत २४ घण्टामा भारतमा १८ हजार ५२२ जना कोरोना भाइरस संक्रमित भएका छन् ।
देशभरी अहिले २ लाख १५ हजार १२५ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख ३४ हजार ८२२ पुगेको छ । (रासस/सिन्हवा)
मकालु खबर
२०७७ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित