“आर्टिस्ट इन क्वारेन्टिन” नामक आर्ट फेस्टिवल आयोजना हुने


काठमाडाैं । कोभिड-१९ महामारीका कारण हाम्रो जीवनशैलीमा उल्लेखनीय परिबर्तन आएको छ।यस कारण संसार आफ्नै घरभित्र बस्न बाध्य भएको छ। जीवनशैलीमा आएको अप्रत्याशित परिवर्तनले हाम्रो मानसिक बोझ बढेको सबैले महसुस गरेका छौं।
यसै सन्दर्भमा रहेर रोटराक्ट क्लब अफ पाटन साउथले भारत स्थित रोटराक्ट क्लब अफ अम्बरनाथ, मुम्बई र रोटराक्ट क्लब अफ इस्ट कोस्ट चेन्नई, सँगको सहकार्यमा “आर्टिस्ट इन क्वारेन्टिन” नामक आर्ट फेस्टिवल आयोजना गर्दै छ।
कोभिड-१९ महामारी र क्वारेन्टिनको बिषयलाई आफ्नो रेखाचित्र, स्केच, पेंटिंङ र डिजिटल आर्टद्वारा कलात्मक दृष्टिकोण प्रदान गर्न कलाकारहरुलाई फेस्टिबलमा आमन्त्रण गरिएकाे छ ।
प्रतियोगिताको निर्णायक मण्डलमा नेपालका कलाकार चिराग बांग्देल र भारतका कलाकार तन्हा पर्देशी छन् । निर्णायक मण्डलद्वारा धोषणा गरिएको उत्कृष्ट कलाकृति लाई नेपाल र भारतका प्रमुख पत्रपत्रिकाहरुमा प्रकाशन गरिने जनाइएकाे छ ।
कलाकारहरुले आफ्नो कलामा कोभिड-१९ महामारीले गर्दा जीवन शैली र आर्थिक गतिविधिमा आएको परिवर्तन, बन्दाबन्दिमा घटेका घटनाहरु र आइसोलेशन वार्डमा समय बिताई रहेका मानिसहरुको भावनालाई समेट्न सक्नेछन।
कलाकारहरुले असार २८, २०७७ (जुलाई १४, २०२०) सम्म आफ्नो कलाकृति पठाई सक्नु पर्नेछ। ईच्छुक कलाकारहरुले ब्यानरमा रहेको क्यु आर कोड प्रयोग गरि आफुलाई रेजिस्टर गर्नु पर्नेछ भने कृतिहरु quarantinedartists@gmail.com मा पठाउनु पर्ने भनिएकाे छ ।
