नागरिकता ऐनविरुद्ध जसपाको प्रदर्शन, बाबुराम पनि सहभागी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले नागरिकता संशोधन विधेयकको विरोधमा प्रदर्शन गरेको छ ।

समाजवादी विद्यार्थी युनियनको आयोजनामा मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएकाे हाे । प्रदर्शनमा जसपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत शीर्ष नेताहरू पनि सहभागी छन् । माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरतर्फ अघि बढिसकेकाे छ । सहभागीहरुले पञ्चेबाजा बजाएर विरोध गरिरहेका छन् ।

नेपालको नागरिकता (पहिलो संशोधन) ऐन २०७७ संसदीय समितिबाट पारित भएदेखि नै जसपाले मधेशविरोधी भन्दै विरोध गर्दै आएको छ । हिजो सोमबार जसपाले विराटनगरमा पनि प्रदर्शन गरेको थियो । नागरिकता विधेयकमा उल्लेखीत अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष पर्खनुपर्ने प्रावधान हटाउनुपर्ने उनीहरूकाे माग छ । 

कांग्रेसले पनि नागरिकता सम्बन्धी उक्त विधेयकको विरोध गर्दै आएको छ । विधेयकले लैंगिक भेदभाव निम्त्याएको उसको आरोप छ । गगन थापा र शेरबहादुर देउवाले याे विषय उठाइरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *