नोभेम्बरसम्म ८० करोड भन्दा बढीलाई निःशुल्क राशन दिइने छः माेदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँका ८० करोड जनतालाई नोभेम्बरसम्म निःशुल्क राशन दिने घोषणा गरेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै पीएम मोदीले यस्तो बताएका हुन् । महामारीसँग जुध्नका लागि उनको नेतृत्वको सरकारले यो कदम उठाएको बीबीसीले जनाएको छ ।

‘अहिलेसम्म सरकारले ८० करोड जनतालाई तीन महिनासम्म निःशुल्क राशन दिएको छ । र यो सुविधा नोभेम्बर २०२० सम्म लागु हुनेछ । सरकारले यस पाँच महिनाका लागि गरीब परिवारका हरेक सदस्यलाई पाँच किलो गहुँ या पाँच किलो चामल निःशुल्क प्रदान गर्नेछ । यसको लागि सरकारले ९० करोड रुपैयाँ खर्च गर्नेछ’, उनले भने ।

उनले लकडाउन खुकुलो भएदेखि लापरवाही बढेको पनि बताए । उनले भने, ‘सही समयमा गरिएको लकडाउन र अन्य फैसलाले भारतमा लाखौँ मानिसहरुको जीवन बचेको छ । जबदेखि अनलक सुरु भएको छ, मानिसहरुको लापरवाही बढ्दै गएको छ ।’

उनले स्वास्थ्यसँग जोडिएको सबै गाइडलाइन पालना गर्न पनि सबैमा आग्रह गरेका छन् । उनले पीएम गरीब कल्याण योजनाको विस्तार गर्न लागिएको पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *