पेट्रोलियम पदार्थको मूल्य बढ्यो
मकालु खबर
२०७७ असार १६ गते
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । मंगलबार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको निर्णय गरेको हो ।
पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ ।
निगमका अनुसार भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूल्य बढाइएको हो । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।
मकालु खबर
२०७७ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित