थप २८ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या ९९४ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा कोरोना देखिएको हो । नयाँ संक्रमितमा स्याङजाका ८ जना, तनहुँका १ जना, नवलपरासी पुर्बका १२ जना, गोरखाका ३ जना, कास्कीका एक जना र बाग्लुङका ३ जना रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार २८ जना थपिएसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ९९४ पुगेको छ ।

हेर्नुहोस् पूरा विवरण :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *