मन्त्री भुसालको चिन्ताः ‘हाम्रो जहाज महाभुमरीमा हेलिने सम्भावना बढ्यो’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद अहिले सतहमा आइरहेका बेला कृषिमन्त्री घनश्याम भुसालले चिन्ताव्यक्त गरेका छन् । मन्त्री भुसालले पार्टी भित्रका अनिष्ट हुने सम्भावना नजिकिँदै गएको बताए ।

नेता भुसालले मध्यरात सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो ! नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेपछि पार्टीको मुख्य कमान्ड मानिने सचिवालयका पाँच प्रमुख नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका छन् । प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले पार्टी भित्र विवाद बढ्दै गएको छ ।

यो पनि : प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बोलाए बालुवाटार, गम्भीर कदम चाल्ने संकेत !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *