भारतमा पछिल्लो २४ घण्टामा १८ हजार बढीमा कोरोना संक्रमण, ५०७ जनाको मृत्यु

नयाँदिल्ली । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा ६ लाख पुग्न लागेको छ । भारतमा बुधबारसम्म कोरोना भाइरसबाट पाँच लाख ८५ हजार ४९३ जना सङ्क्रमित भएका छन् ।

संक्रमितमध्ये पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दुई लाख २० हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ । कुल सङ्क्रमितमध्ये तीन लाख ४७ हजार ९७९ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाका कारण अहिलेसम्म १७ हजार ४०० जनाको मृत्यु भइसकेको छ । ती मध्ये ५०७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो । (रासस/एएनआई)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *