नेकपा एमाले दल दर्ताः को–को छन् २१ पदाधिकारी ? (सूचीसहित)

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामाको विषय चर्किरहँदा निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता भएपछि बालुवाटारमा खैलाबैला जारी छ ।

सबै नेता तथा सदस्यहरु सशंकित भएका छन् । सबैको एउटै प्रश्न छ– कसको निर्देशनमा नेकपा (एमाले) दलको निवेदन दर्ता भयो ? नेकपाका उपाध्यक्ष बामदेव गौतमले त प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता भएको दाबी समेत गरे ।

आखिर को हुन् त दल दर्ता गर्नेहरु ? को–को छन् पदाधिकारी ?

आइतबार मोरङको विराटनगर महानगरपालिका ६ की सन्ध्या तिवारीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) नामको पार्टी दर्ता गर्न निवेदन परेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार दलको विधान, नियमावली, घोषणापत्र, झन्डालगायत विवरणसहित निवेदन परेको छ । उनीहरूको निवेदन दर्ता गरेर दल दर्ताका लागि आवश्यक काजगात जुटाउन ४५ दिनको म्याद पाएका छन् । २१ जनाको कार्यसमितिको नाम उल्लेख छ । अब आयोगले नामअनुसार हस्ताक्षर भेरिफिकेसनलगायतका काम गर्नेछ ।

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको एमालेले झन्डामा सूर्य चिन्ह राखेको छ । उनीहरूको निवेदन दर्ता गरेर दल दर्ताका लागि आवश्यक कागजात जुटाउन ४५ दिनको म्याद पाएका छन् । उक्त पार्टीले झन्डाको नमूना पनि पेश गरेको छ । जसमा डाँडाको बीचबाट सूर्य उदाएको चिन्ह राखिएको छ।

सन्ध्या तिवारीको अध्यक्षतामा दर्ता भएको दलमा भगवती खड्का उपाध्यक्ष रहेकी छिन् भने महासचिवमा मनिष उपाध्याय रहेका छन् । त्यस्तै प्रदेश नम्बर १ काे सचिवमा अस्मिता सुनार, प्रदेश नम्बर २ काे सचिवमा दावा लामा, ३ मा जयाराम रावत, ४ मा खगेन्द्रप्रसाद भुसाल, ५ मा राधा पुरी,  ६ मा हिराबहादुर बोहरा र ७ नम्बर प्रदेशकाे सचिवमा , तारादेवी शाही रहेका छन् ।

सदस्यहरूमा पवन बिष्ट, निलम पोखरेल, किरण लामिछाने, उमेश महतो, उशाकुमारी झा, प्रदीपराज गिरि, पूर्णिमा तामाङ, निश्चल बस्नेत, सञ्जिव विष्ट, विनिता कार्की, विमला बिष्ट रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *