कोरोना महामारीसँगै मानसिक समस्या बढ्दाे, कसरी बच्ने ? (भिडियाेसहित)
- सुजाता लिम्बु
विराटनगर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरस संक्रमणले निम्त्याएको कहालिलाग्दाे महासंकटले विश्व नै आक्रान्त बनेको छ । यो महामारी कहिले र कसरी अन्त्य हुन्छ भन्ने सबैलाई चिन्तित तुल्याएकाे छ ।
कोरोना भाइरस न्यूनिकरणका लागि लकडाउन गरिएसँगै महामारीसँग बच्नका लागि महिनौँसम्म व्यापार व्यवसाय ठप्प हुँदा मानसिक समस्या पनि बढ्दै गएकाे छ । घर-गृहस्थी समेत चलाउन मुश्किल भएपछि कतिले आत्महत्याकाे बाटाे राेजेका छन्।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत, प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलका अनुसार चैत्र ११ देखि असार दोश्रो हप्तासम्म विराटनगरमा मात्रै ६३ जनाले आत्महत्या गरेका छन् । तथ्यांक अनुसार आत्महत्या गर्ने पुरुषको संख्या १५ जना, १२ जना महिला, बालक १ जना र बालिका ४ जना रहेका छन् ।
लकडाउन सुरु भएदेखि मानसिक बिरामीको संख्या बढेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालकी नशा तथा मानसिक रोग विशेषज्ञ डा. शिखा उपाध्यायले बताइन् । उनका अनुसार डिप्रेशनका कारण आत्महत्या प्रयास तथा संख्या बढेकाे हाे । मानसिक रोग वंशाणुगतका साथै आफू वरपरकाे वातावरण, शारिरीक अवस्था सबै कारणबाट मानसिक रोग उत्पन्न हुने उनकाे भनाइ छ ।
मानसिक रोगकाे कारण के हो र कसरी बच्ने ? हेर्नुहोस् भिडियाेः