नेपाल रेडक्रस र कोका–कोला नेपालबीच साझेदार
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसा) र कोका–कोला नेपालले कोभिड–१९ को महामारीमा सङ्कटमा रहेका बिरामीहरूको सहयोगार्थ अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सुरक्षाअभिवृद्धिको लागि साझेदारी गरेको छ ।
यस प्रोजेक्टको लक्ष्य देशभरका सात वटै प्रदेश का प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरू तथा अग्रपतिंका स्वयंसेवक लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरू उपलब्ध गराउने रहेको छ ।
यस परियोजनाको समग्र उद्देश्य कोभिड–१९ को जोखिममा रहेका डाक्टर, नर्स, रक्त टेक्निशियनहरु, एम्बुलेन्स ड्राइभर, मेडिकल टेक्निशियन, क्वारेन्टीन केन्द्रका मानिसहरू तथा समुदायका सदस्यहरू सहित करिब ६० हजारलाई सेवा पु¥याउने रहेको छ ।
यसै सन्दर्भमा हस्तान्तरण समारोहअसार १६ गते स्वास्थ्य तथा जनसंख्यामन्त्रालय परिसरमा माननीय मन्त्री भानुभक्त ढकाल, कोका—कोला नेपाल र नेपाल रेडक्रसका प्रतिनिधिहरूको उपस्थितिमा सुरुवात गरिएको हो ।
पहिलो चरणको सुरक्षासामग्रीहरु र स्वास्थ्य सामग्रीहरू मन्त्री भानुभक्त ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर कुमार राजभण्डारीलाई हस्तान्तरण गरेका छन् ।
यस सामग्रीहरूमा विभिन्न चरणमा हस्तान्तरण गरिनेछ र पहिलो चरणमा हस्तान्तरण हुने सामग्रीहरूमा १५ हजार थान सर्जिकलमास्क, के–९५ मास्क एक हजार एक सय पचास थान, ५५० थानहुडको साथ डिस्पोजेबल कभर्अल, सुरक्षा चस्मा ३०० वटा, दश हजार जोडी पञ्जा, ४४० थानसुरक्षा बुट, स्यानिटाइजर २५०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ४५० र १५ हजार एक सय अठार थान साबुन रहेका छन् । आगामी २ हप्ताभित्र सबै सामग्रीहरू वितरण भइसक्नेछन् ।
सामग्री वितरण समारोहमा मन्त्री ढकालले कोभिडको महामारीको चालु लडाइँमा सहयोग गर्न सामग्री सहित उपस्थित भएकोमा नेपाल रेडक्रस र त्यसको साझेदार कोका—कोलालाई धन्यवाद व्यक्त गर्दै भने,“यो कठिन समयमा सबैको सहयोग आवश्यक छ र प्राप्त सबै सामग्रीहरू पारदर्शी रूपमा रेकर्ड गरिनेछ भनेर हामी सुनिश्चित गर्न चाहन्छौँ र यसको उचित वितरण गरिने छ । नेपाल सरकारले यी सामग्रीहरू नपुगेको स्थानमा तत्काल सामान पठाउनेछ ।”
शुक्रराज अस्पतालका टेकुका निर्देशक डा. सागर कुमार राजभण्डारीले यो सामग्रीले डाक्टर, नर्स लगायत अग्रपंतिका स्वास्थ्यकर्मीको हौसला बढाएको बताए । उनले भने,“अस्पतालले सङ्क्रमितहरूलाई स्वास्थ्य किट उपलब्ध गराउन कडा परिश्रम गर्दै आइरहेको छ र प्राप्त सामग्रीहरू हामीहरूका लागि पनि निश्चय नै उपयोगी हुनेछन् ।”
“नेपाल रेडक्रस र द कोकाकोला फाउन्डेसनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको संरक्षण गर्ने एउटा प्रयास हो ।”
नेपाल रेडक्रसकाअध्यक्ष संजीवथापाले बताए । रक्त सञ्चार, एम्बुलेन्स, अस्पताल आदि जस्ता अत्यावश्यक सेवाहरूको निरन्तरता सुनिश्चित गर्न अति आवश्यक सुरक्षा सामग्रीहरूको ठुलो महत्त्व छ । उपकरणहरूसँगै प्रयोग विधिहरू सम्बन्धित प्रशिक्षणहरू साथसाथै उपलब्ध गराइने छ । यसक्रममा बन्दाबन्दीको नियमको पालना र भौतिक दुरी कायम गरिने छ ।”
“मुलुक र नागरिकहरूलाई सुरक्षित राख्नअथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मी र आपत्कालीन स्वयंसेवकहरूलाई अत्यावश्यक व्यक्तिगत उपकरणहरू र विभिन्न स्वास्थ्य निकायहरूलाई आवश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउन नेपाल रेडक्रस लगायतहाम्रा साझेदारसँग सहकार्य गर्न पाउँदा हामीलाई खुशीलागेको छ” कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने ।
तीव्र गतिले पैmलिइरहेको कोभिड–१९ महामारीको परिस्थितिमा सङ्क्रमण रोकथाम र नियन्त्रणमा नेपाल रेडक्रसले स्वास्थ्य, सरसफाइ, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेन्टिन सहयोग लगायत विभिन्न क्षेत्रमा सरकार, स्थानीय तह, स्थानीय समुदाय, रेडक्रसका विभिन्न निकायहरू, दाता र साझेदारसँग मिलेर काम गरिरहेको छ ।