‘मेरो कारणले मन दुखेको होला क्षमा चाहन्छु है’ भन्दै माफी मागिन् दिपाश्रीले

काठमाडौं । कलाकार राजेश हमाललाई दिइएको महानायकको उपाधि प्रति असन्तुष्टि जनाउँदै अभिव्यक्ति दिएकी कलाकार दीपाश्री निरौलाले माफी मागेकी छन् । एउटा टेलिभिजन शोमा बोल्ने क्रममा दिपाले राजेश हमाललाई महानायक हैन सुपरस्टार समेत नभएको आशयको अभिव्यक्ति दिएकी थिइन् ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कलाकार तथा फिल्म निर्माता निर्देशक दीपाले आफुले बोल्ने क्रममा शब्द चयनमा कमजोरी भएको प्रति माफी मागेकी हुन् । महानायक राजेश हमालमा फ्यानहरूले दीपाश्रीकाे उक्त भनाई प्रति चर्काे विराेध जनाइरहेका छन् ।

आफ्नो सामाजिक सञ्जाल मार्फत दीपाले आफुले चलचित्र क्षेत्रको महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थितिमा एउटा अभिभावकको भूमिका निर्वाह गरेर, आफूलाई बर्षौंदेखि सहयोग गरेका प्राविधिकहरू लाई परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले अभिव्यक्ति दिएको बताएकी छिन् ।

दीपाले के प्रधानमन्त्री, के महानायक, के कलाकार, अथवा के भगवान सबै सँग गुनासो गर्न पाइन्छ भन्दै एउटा उच्च सम्मानमा बसेको मान्छेबाट केहि आशा पनि हुन्छ भन्ने आफ्नो आशय रहेको जिकिर गरेकी छन् । ‘राजेश हमाल लाइ सुपरस्टार नै होइन भन्ने हैसियत मेरो थिएन, छैन र हुने पनि छैन, मेरो पहिलो चलचित्रको नायक हो उहाँ, उहाँलाई महानायकको रूपमा अस्ति मात्रै पनि मुन्द्रेको कमेडि कल्बमा अत्यन्त सम्मान गरेकै छू ! हेर्न सक्नु हुन्छ !’ दीपाले भनेकी छन् ।

उनले आफु काठमाण्डूमा पाउरोटी समेत खान नपाएर संघर्ष गरेर यो स्थानमा आएको सामान्य कलाकार बताएकी छन् । ‘मेरो बिगतले नै मलाई घमन्ड गर्ने अनुमति दिँदैन, म यो क्षेत्रमा ३० बर्ष देखि छू, टुप्पोबाट पलाएको पनि छैन ।’ दिपाले लेखेकी छन् ।

उनले हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहि रहनु हुनेछ भनेकी छन् । ‘उहाँले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पिडामा मलम पनि लगाउन सक्नुपर्छ नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहाँलाई भगवान नै बनाउने पक्षमा म थिइन र छैन पनि’ दीपाको भनाई छ ।
उनले आफ्नो अभिव्यक्ति ले राजेश हमाल सुपरस्टार नै होइन भन्ने बुझिन गएकोमा राजेश हमालको फ्यानहरू सँग माफि मागेकी छन् । र आगामी भविष्यमा अन्तर्वार्ता दिँदा, पत्रकारको आशय र उसको उद्देश्य बुझेर शब्द संयोजनमा सचेत भएर, जवाब दिने कोशिस गर्ने बताएकी छन् ।

दीपाश्रीले अन्तर्वार्तामा राजेश हमालप्रति खेदजनक शब्द प्रकट गरेकाे भन्दै हमालका प्रशंसकले राजेश हमाल नभएकाे भए नेपाली चलचित्र अहिलेकाे अवस्थामा समेत नआइपुग्ने भन्दै दीपाकाे विराेध गरेका छन् । राजेश हमालका फ्यानहरूले दीपकराज गिरी र दीपाश्रीका चलचित्र बहिस्कार गर्ने सम्मका अभिव्यक्ति दिएपछि दीपाश्री हच्केकी हुन् ।

पछिल्लो समय चलचित्रकर्मीहरु विवादमा आइरहेका छन् । केही समय अगाडी नायिका वर्षा राउतले लिपुलेक कालापानी र लिम्पियाधुराका सन्दर्भमा नेपाल भारतसँगको विवादमा अभिव्यक्ति दिँदा विवादमा आएकी छिन् । तिन दिन अघि अर्की नायिका पुजा शर्मा पनि देशको भौगोलिक अवस्थाका बारेमा बोल्दा भाइरल भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *