अनशन बसेकाहरुलाई भेट्दै गगन थापाले भने- अब एक स्वरमा भनौँ ‘इनफ इज इनफ’

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमको अवस्थामा क्वारेन्टिनलाई व्यवस्थित बनाउन, पीसीआर परीक्षण बढाउनुपर्ने माग राख्दै अनशन बसेका ईः सहितका अभियान्ताहरुलाई नेपाली कांग्रेसका युवा नेता गगन थापाले पनि साथ दिएका छन् ।

बिहीबार उनले अनशन बसेको ठाउँमा पुगेर अभियान्ताहरुलाई भेटेका छन् । अभियान्ताहरूलाई भेटेकाे तस्विर सामाजिक सञ्जाल फेसबुकमा पाेष्ट गर्दै सांसद समेत रहेका सांसद समेत रहेका थापाले लेखेका छन्, –‘जिम्मेवारी लिएकाहरू जनता जोगाउन होइन आफ्नो कुर्सी जोगाउन व्यस्त छन् । समाजलाई अनेक मुद्दामा ध्रुवीकृत गरेर अलमलाइरहेका छन् । तर, कोरोना भाइरस अलमलिएको छैन,आफ्नो काम गरिराखेको छ। त्यसैले अब हामी पनि नअलमलिइकन सरकारलाई एक स्वरमा भनौँ- Enough is Enough’

ईः सहित अनशन बसेका ४ जनामध्ये २ जना युवा अस्पताल भर्ना भएका छन् । ६ दिनदेखि जारी अनशनमा स्वास्थ्यमा समस्या आएपछि दुई जना महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । उनीहरुले अस्पतालबाटै अनशनलाई निरन्तरता दिएका छन् । ईः सहित २ जनाले भने पाटन दरबार क्षेत्रमा नै अनशनमा जारी राखेका छन् ।

उनीहरूकाे अनशनमा पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता  डा. बाबुराम भट्टराईले पनि  ऐक्यबद्धता जनाएका छन् । बुधबार उनी अनशन स्थल पुगेका थिए । ‘सत्याग्रह पनि आन्दोलनको एउटा स्वरुप हो । हामी साथमा छौं । सत्याग्रहप्रति ऐक्यबद्धता छ,’ भट्टराईले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *