संघीय संसदको बजेट अधिवेशन अन्त्य
मकालु खबर
२०७७ असार १८ गते
काठमाडौं । संघीय संसदको बजेट अधिवेशन अन्त्य भएको छ ।
आज मध्यान्ह्मा बसेको मन्त्रिपरिषद् बेठकले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । सोही सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले अपरान्ह ५ बजेदेखि संसद अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी गराएकी हुन् । पत्रमा भनिएकाे छ, ‘नेपालकाे संविधानकाे धारा ९३ काे उपधारा (२) बमाेजिम नेपाल सरकार, मन्त्रिपरिषदकाे मिति २०७७/३/१८ काे सिफारिसमा संघीय संसदकाे दुवै सदनकाे चालु अधिवेशन संवत् २०७७/३/१८ गते बिहीबारकाे दिन अपरान्ह ५ बजेदेखि अन्त्य गरेकाे छु ।’
अब संसद् सचिवालयले सूचना टाँस गरेपछि औपचारिक रुपमा अधिवेशन अन्त्य हुनेछ ।
मकालु खबर
२०७७ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित