ओलीपछि प्रचण्ड पनि पुगे शितल निवास

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि शितल निवास पुगेका छन्  ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै संवाद हुन नसकेपछि अध्यक्ष दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि शीतल निवास पुगेका हुन् ।

यसअघि प्रधानमन्त्री ओली पनि करिब एक घण्टा राष्ट्रपति भण्डारीसँग छलफल गरी शीतल निवासबाट फर्किएका थिए । त्यसपछि मन्त्रिपरिषद् बैठकमा उपस्थित भएको ओली स्थायी समितिको बैठकमा भने उपस्थित भएका थिएनन् ।

प्रम ओली नआएपछि बैठक केहीबेर बसेर स्थगित गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायत प्रधानमन्त्री ओलीको आवासतर्फ गएका थिए। यद्यपि प्रधानमन्त्री ओलीसँग उनीहरुको संवाद हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *