गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ३२ संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवन गरिएको परिक्षणमा ३२ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका १९ जना, तनहुँका ९ जना, पर्बतका ३ जना र बाग्लुङका एक जना रहेका छन् । ३२ जना थपिएसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

हेर्नुहोस् पूरा विवरण :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *