प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड आजपनि बालुवाटारमा

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (शुक्रबार) पुनः बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनी केही समयअघि बालुवाटार गएका हुन् ।

पार्टीभित्र विवाद चुलिँदै गएपछि शीर्ष नेताहरुबीचको भेटघाट बाक्लिएको छ । बिहीबार पनि प्रचण्ड बालुवाटार गएका थिए तर प्रम ओलीसँग संवाद हुन सकेकाे थिएन । अध्यादेशको बाटोबाट प्रधानमन्त्री केपी शर्मा ओली अघि बढ्ने प्रयत्न गरेपछि विवादले झनै उग्र रुप लिएको छ ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि सहमति खोज्नका लागि स्थायी कमिटी बैठक समेत राेकिएकाे छ । बिहीबार छलफल गरेका नेताहरुबीच शुक्रबार पनि छलफल हुनेछ । विवादको समाधान निकाल्न नेताहरुले प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *