अपडेटः बझाङको पहिरोमा परी एकै परिवारका तीनको शव फेला

बझाङ । गएराती बझाङको केरास्युँ गाउँपालिका ८ मल्लेसीमा गएको पहरोमा एकै परिवारका तीन जनाको शव फेला परेको छ ।

पहिरोमा पुरिएका ५० वर्षीया राममती जेठारा, उनका छोरा १३ वर्षीय प्रयाग जेठारा र छोरी ७ वर्षीया अस्मिता जेठाराको शव फेला परेको स्थानीय नरेश जेठाराले बताए ।

रातभरको अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले मल्लेसीका १७ घर बगाएको थियो । पहिरोमा परी २० जना भन्दा बढि व्यक्ति बेपत्ता रहेका छन् ।

पहिरो गएको घण्टौँ बितिसक्दा सुरक्षाकर्मीको टोली भने अहिलेसम्म घटनास्थल नपुगेको स्थानीयले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले खोलामा पानीको बहाव बढेकाले घटनास्थल पुग्न ढिलाई भएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *