फेसबुकको ‘टिकटक’ बन्द हुँदै, इन्स्टाग्राम रिल लञ्च !

काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले टिकटकलाई टक्कर दिने भनिएको आफ्नो एउटा एप Lasso बन्द गर्ने भएको छ । फेसबुकले सन् २०१८ मा उक्त एप ल्याएको थियो र विश्वका विभिन्न देशहरुमा उपलब्ध थियो ।

अमेरिका, कोलम्ब्यिा, मेक्सिको, अर्जेन्टिना, चिली, पेरु, पनामा, कोस्टारिका तथा उरुग्वे लगायतका देशमा उपलब्ध ल्यास्सो एप आगामी जुलाई १० देखि बन्द हुने जानकारी फेसबुकले मेसेज मार्फत प्रयोगकर्ताहरुलाई गराएको हो । ल्यास्सो एप बन्द हुनु अगावै प्रयोगकर्ताहरुले त्यसमा रहेका आफ्ना डाटा तथा भिडियोहरु सुरक्षित राख्न सक्नेछन् ।

लोकप्रिय भिडियो मेकिङ तथा शेयरिङ एप टिकटकलाई टक्कर दिनका लागि फेसबुकले सो एप लञ्च गरेको थियो । टिकटकले सफलता प्राप्त गरिरहँदा फेसबुकको उक्त एपले खासै चर्चा पाउने सकेको थिएन । अन्ततः आफ्नो उक्त सर्भिसलाई बन्द गर्ने निर्णयमा फेसबुक पुगेको हो ।

ल्यास्सो एप बन्द भएसँगै अब फेसबुकले इन्स्टाग्राम रिलमार्फत टिकटकसँग टक्कर गर्नेछ । इन्स्टाग्राम रिल ब्राजिलमा लञ्च भैसकेको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *