भारतमा कोरोना कहरः एकैदिन २४ हजार बढीमा संक्रमण, ६१४ जनाको मृत्यु
मकालु खबर
२०७७ असार २१ गते
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार बढी काेराेना भाइरस (काेभिड १९) का नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँको स्वास्थ्य मन्त्रालका अनुसार एकैदिनन २४ हजार ८५० संक्रमित थपिएका हुन् । योसँगै त्यहाँ कुल संक्रमितको संख्या ६ लाख ७३ हजार १६५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ६१४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या १९ हजार २६८ पुगेको छ । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोना भाइरसका दुई लाखभन्दा बढी संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या आठ हजार ६७१ पुगेको छ ।
मकालु खबर
२०७७ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित