कक्षा ११ को बोर्ड परीक्षा पनि नलिइने, विद्यालयले नै गर्नेछ मुल्यांकन !

काठमाडौं । वैशाख २१ गते तय भएको यो वर्ष कक्षा ११ को बोर्ड परीक्षा पनि नहुने भएको छ । कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा नलिने निर्णय गरेको हो ।

अब कक्षा ११ को परीक्षा सम्बद्ध विद्यालयले नै लिनेछन् । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।

विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् । परीक्षा सञ्चालनको मापदण्ड, विद्यार्थीको मूल्याङ्कन नम्बर दिने मापदण्ड तथा प्रमाणीकरणको आधार लगायतका विषयमा कार्यविधि स्पष्ट गरिने बताइएकाे छ ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो । माध्यमिक तहको कक्षा १२ को परीक्षा भने राष्ट्रिय परीक्षा बोर्डले नै गर्नेछ । याे स्थगित हुने सम्भावना छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *