गोकूल बास्कोटाको भनाई–‘चुच्चे नक्शा निकाल्दाको सजाय !’

काठमाडौं । पूर्व सञ्चार तथा सुचनामन्त्री गोकुल बास्कोटाले भारतसँग नझुकेको कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउन लागिएको दावि गरेका छन् । उनले सत्तारुढ नेकपा भित्रको रडाँकोले मुलुकमा अस्थिरता निम्त्याउने संकेत पनि गरेका छन् ।

फेसवुकमा स्टाटस पोस्ट गर्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्षका प्रभावशाली नेता बाँस्कोटाले चुनिएको प्रधानमन्त्रीलाइ टोकरीबाट हटाउने खेल भइरहेको भन्दै अस्थिरता र प्रतिरोध साध्ने काम भएको बताएका छन् ।

‘पार्टी स्थायी समिति विचार, सङ्गठनको मियो कि अस्थिरता, प्रतिशोध साध्ने अखाडो ?’ भन्दै प्रश्न गरेका नेता बास्कोटाले डेरावाल निकाल्न त करारनामा हेर्नुपर्ने प्रष्ट्याउँदै चारपाँच जनाको चुम्लुङले घरमुली (प्रधानमन्त्री) हटाउने खेल भएको तर्क गरेका छन् ।

उनले ओली सरकारले नाकावन्दी नटेर्दा र भारतले अतिक्रमण गरेको नेपाली भूमी सहितको नयाँ नक्सा जारी गर्दा ओली सरकारलाई सजाय दिइएको तर्क गरेका छन् ।

‘अधिवेशन नगर्ने अध्यक्ष हटाउने, चुनिएको प्रधानमन्त्री कोटरीले हटाउने ? डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ, घरमुली हटाउने, त्योपनि चारपाँचको चुम्लुङले ? नाकाबन्दी नटेर्दा, चुच्चे नक्शा निकाल्दाको सजाय !’ बास्कोटाले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *