प्रचण्ड–ओली वार्ताः निर्णायक बैठकमा भएन निर्णय, भोलि फेरि बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड भोलि फेरि वार्तामा बस्ने भएका छन् । आजको बैठक निर्णायक भनिएपनि कुनै निर्णय हुन नसकेपछि बैठक भोलि फेरि बस्ने भएको हो ।

आज ओली र प्रचण्डबीच झण्डैँ डेढ घन्टा छलफल भएको थियो । छलफलमा ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र शङ्कर पोखरेल तथा प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।

भोलि वार्तापछि नेकपाको स्थायी समिति बैठक बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *