बालुवाटार वार्ताः थप असमझदारी नबढाउने सहमति

काठमाडौं । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज (आइतबार) भएको भएको छलफलमा थप असमझदारी नबढाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुटारमा साक्षीसहित बसेको बैठकले यस्तो सहमति गरेको एक नेताले बताए । विगतमा भएका असमझादारीका आधारमा सहमति खोज्ने, असमझदारी बढाउने गतिविधि नगर्ने सहमति भएको हो ।

ओली र प्रचण्डबीच झण्डैँ डेढ घन्टा छलफल भएको थियो । छलफलमा ओलीका तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र शङ्कर पोखरेल तथा प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।

बालुवाटार पुग्नुअघि प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतल निवास पुगेका थिए । शीतल निवासमा राष्ट्रपतिलाई भेटेर उनी वालुवाटार पुगेको हुन् । राष्ट्रपति भण्डारीसँग समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएकाे थियाे ।

यसअघि शुक्रबार प्रचण्ड र ओलीबीच वार्ता भएको थियो । वार्ता निर्णायक भनिएको भए पनि अन्त्यमा निष्कर्षहीन भएको थियो । वार्तामा प्रचण्ड पक्षबाट जनार्दन शर्मा र ओली पक्षबाट विष्णु पाैडेल सहभागी थिए ।

दुवै अध्यक्षद्वय भोलिको स्थायी समितिको बैठकअघि पुनः एक पटक छलफलमा बस्ने छन् । स्थायी समिति बैठक बिहान ११ बजे बस्दैछ । भाेलिकाे बैठकबाट थप सहमति जुट्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *