प्रधानमन्त्रीको सन्देश बोकेर देउवा निवास पुगे नेम्वाङ

काठमाडौं । सत्तारुढ नेकपा नेकपा संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन्।

आइतबार बिहान प्रधानमन्त्रीको तर्फबाट सन्देश लिएर नेम्वाङ देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् । नेम्वाङ र देउवाबीच नेकपाको आन्तरिक कलहका कारण उत्पन्न राजनीतिक परिस्थिति, अमेरिकी सहयोग कार्यक्रम एमसिसी लगायतका बिषयमा छलफल भएको जानकारी दिइएको छ ।

गत बुधबार राति ओली र देउवाबीच भएको भेटवार्तापछि तरंग पैदा भइरहेको छ । देउवाले सभापति देउवाले आफू निकट केही नेताहरुलाई ओलीसँग पार्टी विभाजनपछि पनि कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको बताएका थिए । ओलीले पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेको उनको भनाइ थियो ।

नेकपाभित्र विवाद भइरहँदा देउवाकाे यस्ताे अभिव्यक्ति सार्वजनिक भएपछि प्रधानमन्त्रीका विश्वासपात्र नेम्वाङको बुढानीलकण्ठ प्रवेशलाई अर्थ पूर्णरूपमा हेरिएको छ । नेकपा विभाजन भएको अवस्थामा कांग्रेससँग मिलेर ओलीले सरकारलाई निरन्तरता आशंका चलिरहेकाे छ ।

यद्यपी आजको अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड बिचको वार्तामा भने सहमति खोज्ने सहमति भएको छ । भाेलि फेरि स्थायी समितिकाे बैठकअघि दुवै अध्यक्षबीच छलफल हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *