बैंक अफ काठमाण्डूको निक्षेपग्राहकलाई बीमा दाबी रकम भुक्तानी

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम ब्याजदरका साथ रु. एघार लाखसम्मको बीमा सुविधा उपलब्ध गराउँदै आएको छ ।

बीमा सुविधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण असक्तता लागि रु. पाँच लाख, १८ घातक रोगहरूको लागि रु. पाँच लाख तथा औषधी उपचारको लागि रु. एक लाखको बीमा सुविधा रहेको छ ।

यस खातामा रहेका सुविधाहरूको लाभ लिन सुभद्रा श्रेष्ठले बैंक अफ काठमाण्डू लिमिटेडको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आएकी छन् । श्रेष्ठले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएकी थिइन् । बैंकको उक्त मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आइरहेकी श्रेष्ठले औषधि उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी पाएकी हुन् ।

बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउँदै आईरहको छ ।

बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक शुभद्रा श्रेष्ठलाई हस्तान्तरण गरिन् । कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको जोरपाटी शाखाका प्रबन्धक उत्तम राज जोशीको उपस्थिति थियो ।

बैंकले हाल ८९ शाखा कार्यालयहरू, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *