अजोड ईन्स्योरेन्सको दोस्रो वार्षिकोत्सव सम्पन्न, ३५ जनाले गरे रक्तदान

काठमाडौं । अजोड ईन्स्योरेन्स लिमिटेडको दोस्रो बार्षिकोत्सव सम्पन्न भएको छ । कम्पनीले वार्षिकोत्सवकै अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । कार्यक्रममा कम्पनीका संस्थापक शेयर धनी, प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेका छन् ।

अजोडले छोटो अवधिमै साढे ८१ करोडको बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कोरोना महामारीका बाबजुद पनि कम्पनीले चालू आर्थिक वर्षको असार २१ सम्ममा ८९, ७५८ बीमालेख जारी गरेको छ भने ८१ करोड ५७ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीले बीमा दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शी बनाउन फाष्ट ट्र्याक दाबी भुक्तानी नीति अवलम्बन गरी रु.२ लाख सम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको छ ।

कम्पनीले डिजिटल बीमाका साथै डिजिटल प्रविधिबाट बिमा शुल्क भुक्तानीका लागि कम्पनीले विभिन्न सेवा प्रदायक कम्पनीहरूसँग सम्झौता गरी कार्य आरम्भ गरी सकेको छ ।

कम्पनीले छोटो अवधिमै १ प्रधान कार्यालय ७ वटा प्रादेशिक कार्यालय तथा १८ वटा शाखा कार्यालय, १६ वटा उपशाखा कार्यालय गरी ४२ वटा कार्यालयहरू, ३ वटा तेस्रो पक्ष बिमा काउन्टरहरू र १ वटा ग्राहक सेवा केन्द्र मार्फत बीमा सेवा सुरुवात गरी बीमा सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *