राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउँदै

काठमाडौँ । सोमबारदेखि नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।

५० रुपैयाँको नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप र मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।

नयाँ नोटमा गभर्नरको हस्ताक्षर रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।
यस्तै नोटको मध्यभागमा अङ्ग्रेजी रोमनमा नेपाल राष्ट्र बैंक लेखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *