भोली यी क्षेत्रमा हुँदैछ लोडसेडिङ

काठमाडाैं । भोली सोमबार कुलेश्वर, कालिमाटी, डल्लु लगायतका क्षेत्रमा विदुत सट डाउन हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गतको टेकु थानकोट तथा टेकु- तहाचल फिडरको टेकु सबस्टेशन देखी विष्णुमती खोला सम्मको एचटी लाइनको कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गर्नु पर्ने भएकोले भोली उक्त स्थानका फिडर सटडाउन हुने छ ।

सोमबार विहान १० बजेबाट साँझ ५ बजेसम्म दुवै फिडर सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत कुलेश्वर, रवी भवन, लिंक मार्ग, कालिमाटी, तहाचल, टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुमा विद्युत अबरुद्ध हुने छ ।

प्राधिकरणले कार्य समयमै सम्पन्न भए साँझ ५ बजे अगाडी नै विद्युत नियमित हुने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *