दिल्लीमा खुल्यो ‘विश्वकै ठूलो’ संक्रमितका लागि स्याहार गृह
मकालु खबर
२०७७ असार २२ गते
काठमाडौं । भारतको राजधानी दिल्लीमा १० हजार शय्या रहेको कोरोनाभाइरस स्याहार गृह उद्घाटन गरिएको छ । उक्त स्याहार गृहमा सामान्य लक्षण भएका तथा कोभिड-१९ पोजेटिभ भए पनि कुनै लक्षण नदेखिएकाहरूको उपचार गरिने बताइएको छ ।
२० वटा फुटबल मैदानजत्रो आकारको उक्त स्याहार गृहलाई स्थानीय सञ्चारमाध्यमहरूले विश्वकै सबैभन्दा ठूलो कोरोनाभाइरस केन्द्रका रूपमा व्याख्या गरिरहेका छन् । दिल्ली भारतको सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो ।
भारतमा आइतवार एकै दिनमा सर्वाधिक २४ हजार ८०० सङ्क्रमणका नयाँ घटना पुष्टि भएको छ । त्यहाँ हालसम्म १९ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । बीबीसी
मकालु खबर
२०७७ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित