नेकपा टकरावः चिनियाँ राजदूतले बढाइन् सक्रियता, माधव नेपालसँग भेट

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किँदै जाँदा चिनियाँ राजदूत हाउ यान्छीले सक्रियता बढाएकी छिन् । उनले आइतबार साँझ नेकपाका वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग साँझ भेटवार्ता गरेकी हुन् ।

यसअघि पनि वैशाखमा नेकपामा विवाद हुँदा चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई भेटेकी थिइन् । अहिले फेरि नेकपामा विवाद भइरहँदा यान्छीले नेपाललाई भेटेकी छिन् ।

आइतबार साँझ भएको यो भेटघाटमा के छलफल भयो भन्ने खुलाइएको छैन । तर, नेकपामा विवाद बढेको यो समयमा यान्छीले बढाएको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *