नेकपा स्थायी कमिटि बैठकले निरन्तरता पाउने सम्भावना कति ?
काठमाडौं । सत्तारुढ नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले निरन्तरता पाउने सम्भावना कम देखिएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको बैठक पार्टीभित्र देखिएको विवाद समाधानको अहिलेसम्म ठोस निष्कर्ष नआउँदा अन्योल बनेको हो ।
यसअघि २० असारमा बोलाइएको स्थायी कमिटीको बैठक पनि आजसम्मका लागि स्थगित गरिएको थियो । समस्या समाधानका लागि दुई अध्यक्षबीच अहिलेसम्म भएका वार्तामा कुनै सकारात्मक संकेत देखिएको छैन । आजको स्थायी कमिटी बैठक शुरू हुनुअघि पुनः ओली र दाहालबीच छलफल हुने सहमति भएको बताइएको छ तर, अहिलेसम्म भेटघाट भएको छैन ।
ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड–नेपाल समूहको माग तथा कुनै पनि पद नछोड्ने ओलीको अडानका कारण अहिलेसम्म सहमतिको सम्भावना देखिएको छैन । तर पार्टीका दोस्रो तहका नेताहरु सहमतिका लागि प्रयासरत रहेको बताउँछन् ।
यो पनि : स्थायी कमिटी बैठकअघि संकट समाधानको सूत्र पहिल्याउने प्रयास