५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।

केन्द्रीय बैंकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज ८९०००००१ देखि ट ३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ ।

नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ । नोटको तल्लो भागमा बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा २०७५ लेखिएको छ ।

नोटको पृष्ठ भागको मध्यमा अंग्रेजी रोमनमा नेपाल राष्ट्र बैंक, मध्यभागमा हिउँ चितुवाको चित्र रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । नोटमा तत्कालीन गर्भनर डा. चिरञ्जीवि नेपालको दस्तखत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *