कोरोनाबाट जोगिन सुनको मास्क !

काठमाडौं । भारतमा एउटा अचम्मित तुल्याउने घटना सार्वजनिक भएको छ । त्यहाँ एक व्यापारीले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिन सुनको मास्क लगाएका छन् । कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा संक्रमणबाट जोगिन भारतकाे पुनेका शंकर कुरहडे नामका ती व्यापारीले सुनको मास्क लगाएका हुन् ।

६० ग्रामको उक्त सुनको मास्कको मुल्य ४ हजार अमेरिकी डलर रहेको छ । उक्त मास्क बनाउन शिल्पकारलाई आठ दिन लागेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

मास्क पातालो भएको र त्यसमा स–साना प्वालहरु भएका कारण श्वास फेर्न सजिलो हुने व्यापारीको भनाइ छ । ‘मलाई कोरोना संक्रमणबाट जोगाउन यो मास्क प्रभावकारी छ भन्ने यकिन छैन तर म अन्य सावधानी अपनाइरहेको छु’, शंकरले समाचार संस्था एएफपीलाई भनेका छन् ।

४९ वर्षीय ब्यापारी घरबाट बाहिर निस्किदा सुनका ब्रेसलेट, नेकलेस, औंठीलगायत गहना लगाउँछन् । समाचारमै कसैले चाँदीको मास्क बनाएर लगाएको थाहा पाएपछि उनले पनि सुनको मास्क बनाउन दिएका हुन् ।

संक्रमित र मृतकको संख्या बढ्न थालेपछि भारतमा लकडाउन जारी छ । केही खुकुलो बनाइएको अवस्थामा प्रत्येक नागरिकलाई मास्क लगाउन अनिवार्य गरिएको छ । विश्व स्वास्थ्य संगठनले मास्क लगाउँदा संक्रमण रोक्न धेरै सहयोग पुग्ने बताएको छ। एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *