सनराइज बैंक र रोयल रेमिट बीच अनलाइन विप्रेषण सम्बन्धी सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र अष्ट्रेलिया स्थित ह्वाइट एभरेष्ट द्वारा सञ्चालित रोयल रेमिट मार्फत अनलाइन माध्यमबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । रोयल रेमिट नेपाल मार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।

रोयल रेमिट नेपाल मार्फत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३० शाखाहरु तथा बैंकका देशभरी छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ ।

साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ ।

सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *