डा. बाबुराम भट्टराईका सुरक्षाकर्मीको काम मानुषीको कपाल काट्ने !

काठमाडौं । कम्युनिस्टहरु सत्ता प्राप्ति पछी कतिसारो विलासी हुन्छन् भन्ने तथ्य डा. बाबुराम भट्टराईलाई हेर्दा थाहा हुन्छ ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा सशष्त्र प्रहरी बलको सुरक्षा घेरामा रहेका डा. भट्टराईले भने सुरक्षाकर्मीको चरम दुरुपयोग गरेको पाइएको छ ।

बाहिरबाट सादा जिवन उच्च विचारका अनुयायी डा. भट्टराईले घरभित्र चैं सुरक्षाकर्मीलाई नै घरायसी काममा लगाउने काम गरेको खुलेको छ । डा. भट्टराईकी पत्नी हिसिला यमीले आइतबार सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा फोटोले उक्त कुराको चरितार्थ गरेको हो ।

सशष्त्रका सुरक्षाकर्मीले बाबुरामकी छोरी मानुषी यमी भट्टराईको कपाल काटिरहेको फोटो क्याप्सन सहित श्रीमती हिसिलाले पोस्ट गरेपछि डा. भट्टराईको घरमा नेपाल सरकारका सुरक्षाकर्मीहरुको चरम दुरुपयोग भएको खुलेको हो ।

हिसिलाले फोटोसँगै क्याप्सनमा लेखेकी छिन् ‘मानुषीको कपाल एपीएफ भाईले काट्दै, जेकेन्द्र कपाल कटाइको निगरानी गर्दै ।’ त्यसो त हिसिलाले उक्त फोटो पोस्ट गरेसँगै भाइरल भएको थियो ।

फेसवुकमा अत्याधिक आलोचना बढेपछि हिसिलाले उक्त पोस्ट नै हताएकी छन् । कमेन्टमा कम्युनिस्ट पूर्वप्रधानमन्त्रीको राजषी शान भन्दै धेरैले कमेन्ट गरेका थिए । लकडाउन खुकुलाे भएसँगै ब्यूटी पार्लर तथा शैलुनहरू समेत खुलिरहेकाे अवस्थामा डा. भट्टराइकी पुत्री मानुषीले घरमै रहेका सुरक्षाकर्मीबाट किन कपाल कटाइन् ? सामाजिक सञ्जालमा चर्चा छाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *